+

दश महिना बितिसक्दा पनि क्रस कन्ट्री स्वर्ण विजेताले पाएनन् पुरस्कार, राखेपमा बुझाए निवेदन

२०८० माघ  ३ गते १९:४० २०८० माघ ३ गते १९:४०
दश महिना बितिसक्दा पनि क्रस कन्ट्री स्वर्ण विजेताले पाएनन् पुरस्कार, राखेपमा बुझाए निवेदन

३ माघ, काठमाडौं । गत वर्ष चैतमा भएको १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

तर १० महिना बितिसक्दा पनि खेलाडीले राज्यबाट पाउनु पर्ने पुरस्कार रकम पाएका छैनन् ।  राज्यबाट पाउनु पर्ने नगद पुरस्कार नपाएको भन्दै खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद राखेपमा निवेदन बुझाएका छन् ।

च्याम्पियनसिपमा नेपालका दीपक अधिकारीले पुरुष सिनियरको व्यक्तिगत र टिममा स्वर्ण पदक जितेका थिए ।

दीपक अधिकारीले १० किलोमिटरमा स्वर्ण पदक जितेका थिए चने मुकेश पालले कांस्य जितेका थिए । यस्तै दीपक सुहान, राजन रोकाय, सञ्जय श्रेष्ठ, दीपक अधिकारी र मुकेश बहादुर पाल सम्मिलित नेपाली टोलीले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो ।

महिला सिनियरमा राजपुरा पछाइले १० किमीमा रजत पदक जितेकी थिइन् । राजपुरा सहित पुष्पा भण्डारी, बिन्द्रा धानके श्रेष्ठ, फुलमती राना, रेखा विष्ट सम्मिलित नेपाली टोलीले रजत पदक जितेको थियो  ।

शेरबहादुर अधिकारी, सञ्जय धामी, विकेश घिमिरे र दीपेन्द्र बोहरा सम्मिलित नेपाली टोलीले जुनियरतर्फको कास्य पदक जितेको थियो ।

जुनियर महिलातर्फ राम माया बुढाले रजत पदक जितेकी थिइन् । राम मायासहित राज्यलक्षी रावल, विमला कार्की, समिता बुढा, अन्जु खड्का सम्मिलित नेपाली टोलीले रजत पदक जितेको थियो ।

स्वर्ण विजेता दिपकले नगद १० लाख र टिम इभेन्ट स्वर्णको ५ लाख पाउनुपर्नेछ ।

कांस्य विजेता मुकेशले ३ लाख पाउनुपर्छ । टिम इभेन्टको स्वर्ण विजेताले ५-५ लाख पाउनेछन् । यस्तै महिला रजत विजेता राजपुराले ६ लाख र टिम इभेन्ट रजतको ३ लाख पाउनुपर्नेछ । टिम इभेन्टमा रजत जित्नेले ३-३ लाख पाउनेछन् ।

यस बाहेक जुनियर पुरुषमा कांस्य जित्नेले १-१ लाख पाउनेछन् । जुनियर महिलामा रजत जित्ने राममायाले ६ तथा जुनियर महिला टिाममा रजत जित्नेले ३-३ लाख पाउनेछन् ।

सरकारबाट पाउनुपर्ने नगद रकम नपाएपछि खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषदमा बुधबार निवेदन बुझाएका छन् । अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने खेलाडीले सरकारबाट नगद पुरस्कार पाउने कार्यविधिमै उल्लेख छ ।

क्रस कन्ट्री दौड दीपक अधिकारी मुकेश पाल राजपुरा पछाई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय