
५ माघ, काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुँदैछ ।
नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुनेछ ।
यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।
काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुनसक्ने पनि प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4