+
+

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा राई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १३:५९

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् ।

बोर्ड अध्यक्ष भुवन केसीले राईलाई समिति संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । अहिले उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्यक्ष पनि हुन् ।

राईलाई नियुक्त गर्न आदिवासी जनजाति चलचित्र महासंघले सिफारिस गरेको थियो । बोर्डले राईको संयोजकमा ६ सदस्यीय समिति गठन गरेको छ । सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी र हरिसिंह रैखोला सदस्य सचिव छन् ।

आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने फिल्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तार गर्ने, नीतिगत रुपमा सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए । ‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको मध्यम बाट समेट्न प्रोत्सान गर्नेछु,’ राईले भने ।

राईले संगम, त्रिवेणी, पापीमान्छे, वान वे र प्रोड्युसर फिल्म बनाएका छन् । उनले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?