+
+

भारतको राम मन्दिरमा प्राणप्रतिष्ठा, नेपालको पालिकामा बिदा !

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १५:४५

५ माघ, काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सोमबार बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले स्थानीय बिदा दिएको हो ।

रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?