
५ माघ, काठमाडौं । नेपाल मेडिकल कलेल, जोरपाटीमा अध्ययनरत विद्यार्थी नौ दिनदेखि आन्दोलनमा छन् ।
होस्टेल क्यान्टिनको खाना गुणस्तरीय नभएको भन्दै एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययरत विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
क्यान्टिनको खाना गुणस्तरीय नभएको गुनासो गर्दा कलेज प्रशासनले परीक्षा फेल गराइदिने धक्की दिएको आन्दोलनरत विद्यार्थीको गुनासो छ ।
‘कहिले आलु कुहिएको भेटिन्छ, कहिले किरा भटिन्छ । यस विषयमा कलेज प्रशासनलाई जानकारी गराउँदा कुनै जवाफ दिँदैन,’ आन्दोलनरत एक विद्यार्थीले अनलाइनखबरसँग भने, ‘खानाको विषयमा प्रश्न उठाउँदा परीक्षामा फेल गराइदिने, घरमा बुबा–आमालाई फोन गरेर तनाव दिनेसम्मको काम गरेको छ ।’
आन्दोलनरत विद्यार्थीहरुले होस्टेलको खाना ऐच्छिक बनाउनुपर्ने माग गरेका छन् । ‘खानाको लागि ऐच्छिक बनाइदिनुप¥यो । अनिवार्यको नाममा गुुणस्तरहिन खाना खुवाएर बिरामी पार्न पाँइदैन नि !’ ती विद्यार्थीले भने ।
चिकित्सा शिक्षा आयोगले दुई वर्षअघि नै होस्टेल र खाना अनिवार्य नगर्न निर्देशन दिइसकेको छ ।
आयोगले पत्र नै काटेर निर्देशन दिए पनि मेडिकल कलेजले नियम विपरीत पैसा लिएको गुनासो विद्यार्थीले गरेका छन् । उनका अनुसार होस्टेल र क्यान्टिनको खानाका लागि कलेज प्रशासनले १ लाख ५० हजार लिएको छ ।
प्रतिक्रिया 4