+

कर्णालीविरुद्ध अर्धशतक हानेपछि आउट भए हरिशंकर

२०८० माघ  ६ गते १०:५७ २०८० माघ ६ गते १०:५७
कर्णालीविरुद्ध अर्धशतक हानेपछि आउट भए हरिशंकर

६ माघ, काठमाडौं । मधेश प्रदेशका कप्तान हरिशंकर शाह प्रधाानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेको अर्को बलमा आउट भएका छन् । हरिले ६० बलमा यस प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक प्रहार गरे ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले सुरुवाती २३.१ ओभरमा २ विकेट गुमाउँदै १ सय १८ रन बनाएको छ । हरि ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । २४ औं ओभरको पहिलो बलमा हरि स्पिनर दीपेन्द्र रावतको बलमा युनिस सिंहबाट क्याच आउट भए । त्यसअघिको अन्तिम बलमा एक रन जोड्दै उनले अर्धशतक पूरा गरेका थिए । हरि यसअघि कोशीसँग २४, आर्मीसँग ४, वागमतीसँग १ र एपीएफसँग ८ रन बनाएका थिए ।

मयन यादव ३५ बलमा ३ चौकासहित २१ रनमा क्रिजमा छन् । उनलाई पवन सरार्फले साथ दिनेछन् । मधेशलाई ओपनर अनिल कुमार शाह र हरिशंकर शाहले पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । अनिल स्पिनर दीपेन्द्र रावतलाई सट खेल्ने धुनमा चोभार एन्डतर्फ मिडअफतर्फ निश्चल रावलबाट क्याच आउट भए । उनले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रन बनाए ।

जारी प्रतियोगितामा कर्णाली ३ खेलमा २ मा जित र १ मा हारसहित छैटौं स्थानमा छ । मधेश ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ । कर्णाली भैरहवामा तीन खेल खेलेर काठमाडौं आएको हो । पछिल्लो खेलमा मधेशले एपीएफलाई ५ विकेटले हराएको थियो । कर्णालीले पछिल्लो खेलमा लुम्बनी प्रदेशलाई ६० रनले हराएको थियो ।

प्रधानमन्त्री कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय