+
+

आज पनि देशका केही ठाउँमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ६:२५

७ माघ, काठमाडौं । आज पनि देशको पहाडी भू-भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज पनि । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको बुलेटिन अनुसार सोमबार र मंगलबार पनि पहाडी क्षेत्रमा मौसम बदली भई थोरै स्थानमा हल्का हिमपातको हुनेछ ।

मौसम बदली भएसँग तराईका प्राय: सबै जिल्लाहरूमा कुहिरो र हुस्सु पनि लागेको छ । जसले गर्दा त्यहाँको बिहानको जीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?