+
+

छानबिनमा परेका न्यायाधीश भट्टराईले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १३:२६

७ माघ, काठमाडौं । जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् ।

न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

‘उहाँले गत शुक्रबार राजिनामा दिनुभएको हो, तर त्यसबारे केही निर्णय भएको छैन’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘छिट्टै न्यायपरिषद समेत बस्दैछ, परिषदको बैठकपछि त्यसवारे निर्णय हुन्छ ।’

जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।

६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।

सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने परिषदमा समेत उजुरी परेको थियो । उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो । त्यसक्रममा उनले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?