+

यू-१६ महिला टिमको मुख्य प्रशिक्षकमा चक्र तामाङ, भगवती र पासाङ सहायक प्रशिक्षक

२०८० माघ  ७ गते १५:२० २०८० माघ ७ गते १५:२०
यू-१६ महिला टिमको मुख्य प्रशिक्षकमा चक्र तामाङ, भगवती र पासाङ सहायक प्रशिक्षक

७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यू-१६ राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा चक्र तामाङलाई नियुक्त गरेको छ ।

आगामी फागुनमा नेपालमै आयोजना हुने साफ यू-१६ महिला च्याम्पियनसिपका एन्फाले आइतबार तामाङलाई मुख्य प्रशिक्षक नियुक्त गर्दै जिम्मेवारी दिएको हो ।

सहायक प्रशिक्षकमा भगवती थापा र पासाङ तामाङ तथा गंगाराम देउजालाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको छ ।

आइतबार एन्फा महासचिव किरण राई र केन्द्रीय सदस्य सरिला श्रेष्ठले कोचिङ स्टाफमा नियुक्त भएका हरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

साफ यू-१६ महिला च्याम्पियनसिपको छैंटौँ संस्करण मार्च १ देखि १० (फागुन १८-२७ गते) सम्म च्यासल रंगशालमा हुँदैछ ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुँदैछ । नेपालले पहिलो खेल मार्च २ मा बंगलादेशसँग खेल्नेछ ।

यो च्याम्पियनसिपका लागि एन्फाले टोली तयार पार्न देशैभरबाट खुल्ला छनोट गरिरहेको छ ।

सन् २०१७ देखि सुरु भएको यस च्याम्पियनसिपमा चार संस्करण यू-१५ फर्म्याटमा आयोजना भएको थियो । जसमा २०२२ मा नेपाल च्याम्पियन बनेको थियो । गत वर्ष २०२३ मा यू-१७ फर्म्याटमा आयोजना हुँदा आमन्त्रित टिम रुसले उपाधि जितेको थियो ।

गंगाराज देउजा चक्र तामाङ भगवती थापा साफ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय