+
+

‘अहिले नखेले कहिले’ नामक रू. १ को खेल  ‘आईएमई पे’ एपमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १५:२०

काठमाडौं । ‘आईएमई पे’ ले ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । माघ महिनादेखि आफ्नो एपमा उक्त खेल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको कम्पनीले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आवद्ध भएर १ रूपैयाँ खेल सुरु गरेको छ । साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आईएमई पे एपका प्रयोगकर्ताहरूले १ रूपैयाँमा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट- अल्टिमा बुम १६१ क्यूमा पनि आईएमई पेले मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ ।

साथै प्रयोगकर्ताहरूले दराज एपबाट ४ माघदेखि ८ माघसम्म अल्टिमा बुम १६१ क्यू खरिद गर्दा आईएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट पनि प्राप्त गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?