+
+

सेयर बजारमा वित्तीय विवरण प्रभाव : २१३० अंकमा झर्‍यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १५:१८

७ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१३० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २५.६३ अंक घटेको हो । कुल ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंकहरुको कमजोर वित्तीय विवरणको प्रभाव बजारमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको नाफा खस्किएको छ भने कतिपयको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । त्यस्तै निष्क्रिय कर्जा पनि धेरैको बढेको छ । वाणिज्य बैंकहरुको पूँजीकरण उच्च रहेकाले यसको प्रभाव बजारमा बढी पर्दछ ।

वाणिज्य बैंक २.४, विकास बैंक २.६, फाइनान्स २.५, होटल तथा पर्यटन १.६, लगानी १.९, उत्पादन १.२, जीवन बीमा ०.७३, माइक्रोफाइनान्स १.४, निर्जीवन बीमा ०.८ र ब्यापार समूह १.१ प्रतिशत घटे । हाइड्रोपावर समूह ०.२ प्रतिशत र अन्य समूह १.३ प्रतिशत बढे ।

६४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ६ को स्थिर रह्यो । आँखुखोला जलविद्युत्, समाज लघुवित्त र हिमालयन लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मिडसोलु हाइड्रोपावरको ९.७, शिवश्री हाइड्रोको ७.४, गुराँस लघुवित्तको ७.२, जोशी हाइड्रोको ६.५ प्रतिशत मूल्य बढ्यो ।

सीईडीबी हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत घट्यो । मोलुङ हाइड्रोपावरको ७.२, बाराही हाइड्रोको ६.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि रह्यो । सो कम्पनीको मात्रै ५६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मूल्य ४.४४ प्रतिशत बढेर प्रतिकित्ता ६८२ रुपैयाँ पुगेको छ । त्यस्तै हिमाल दोलखा हाइड्रोपावर, अपी पावर, नेपाल पुनर्बीमा कम्पनी र सोनापुर सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?