+
+

विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १५:२१
शनिबार बौद्धस्थित एक गुम्बामा जेट लीसँग अभिनेत्री मनीषा कोइराला ।

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन् । केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन् ।

बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको स्रोतले जनाएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् ।

रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए ।

उनले त्यतिबेलाको नेपाल आगमनलाई आफ्नो जीवनको विशेष अवसरको रुपमा लिएको बताएका थिए । यसपटकको उनको नेपाल आगमनबारे विस्तृत बताइएको छैन । अभिनेता ली बौद्ध दर्शनप्रति अभिरुचि राख्छन् ।

उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ (२००१) र ‘वार’ (२००७) मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ (२००८) मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह-अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?