
७ माघ, काठमाडौं । माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइतीघरमा प्रदर्शन गरेका संघका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिए । प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ ।
लोकतन्त्रमा सार्वजनिक स्थलको सङ्कुचन गर्न नहुने मागसहित विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लक्षित ‘हामी पनि यहाँ छौ’ भन्दै संघले विरोध गरेको थियो । माइतीघर मण्डला स्थान मात्रै नभई अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्पेस भएको भन्दै उनीहरुले प्लाकार्डमार्फत जनाएका थिए ।
स्वेच्छाचारीविरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोको निषेधाज्ञा हटाउनुपर्ने मागसहित विरोध गरेको नेविसंघ केन्द्रीय सदस्य पवन आचार्यले बताए ।
माइतीघर खुला हुनुपर्ने मागसहित विरोधमा उत्रनेहरू महामन्त्री गगन थापा निकटका हुन् ।
थापा निकटका संघका नेताहरुले यसअघि विश्वविद्यालयको उपकुलपति खुला आवदेनबाट नियुक्त गर्न माग गर्दै विभिन्न कार्यक्रम गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4