७ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डले दिएको ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा दोस्रो विकेट गुमाएको छ ।
नेपालले आकाश त्रिपाठीलाई २ रनमा गुमाएको हो । तीव्र गतिका बलर म्याट रवेको छैटौं ओभरको चौथो बलमा आकाश ठूलो सट खेल्ने धुनमा लचलान स्कटपुलबाट उत्कृष्ट क्याच आउट भए ।
टप एज लागेर उनी थर्डम्यानमा क्याच हुन पुगेका थिए । उनले १४ बल खेले ।
नेपालले इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई गुमाएको थियो ।
तीव्र गतिका बलर मासन क्लार्कको तेस्रो बलमा प्वाइन्टमा सट खेल्ने धुनमा ओपनर दीपक बोहरा गल्लीमा ज्याक कमिङबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।
जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ७ ओभरमा २ विकेटको क्षतिमा २७ रन बनाएको छ । अर्जुन कुमाल २१ बलमा २ चौकासहित १४ रन र देव खनाल ६ रनमा क्रिजमा छन् ।
प्रतिक्रिया 4