+

यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध अर्जुनको अर्धशतक

२०८० माघ  ७ गते २०:०७ २०८० माघ ७ गते २०:०७
यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध अर्जुनको अर्धशतक

७ माघ, काठमाडौं । नेपालका युवा ब्याटर अर्जुन कुमालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आफ्नो लय, क्षमता र जिम्मेवारी ब्याटिङलाई निरन्तरता दिँदै अर्जुनले ७३ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनाएको छ ।

अर्जुन कुमाल ७४ बलमा ६ चौकासहित ५३ र दीपक बोहरा १३ रनमा नट आउट छन् ।

अर्जुन बाहेक अन्य शीर्ष पाँच ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालले इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई शून्यमा गुमाएको थियो । तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी २ रनमा क्याच आउट भएका थिए ।

तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनको बलमा देव खनाल मिडअनमा मासन क्लार्कबाट क्याच आउट भए ।

देवले ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाए । उत्तम थापा मगर एज लागेर १७ औं ओभरको अन्तिम बलमा शून्यमा क्याच आउट भए ।

गुल्शन स्पिनर ज्याक कमिङको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा ल्यूक वाटसनबाट २ रनमा क्याच आउट भए ।

अर्जुन कुमाल यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय