+

लिभरपुललाई ५ अंकको अग्रता

२०८० माघ  ८ गते ६:४२ २०८० माघ ८ गते ६:४२
लिभरपुललाई ५ अंकको अग्रता

८ माघ, काठमाडौं । डार्विन नुनेज र डिएगो जोटले दुई दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ४-० ले पराजित गरेको छ ।

लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । नुनेजले ४४औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए । यस्तै जोटाले ७०औं र ७९औं मिनेटमा गोल गरेका थिए ।

फरवार्ड मोहमद सालाह अफ्रिकन कप खेल्न गएपछि लिरभपुलले उनको अभाव महसुस गर्न परेको छैन । यद्यपि अफ्रिकन कप दौरान घाइते भएका सालाह भने उपचारका लागि लिभरपल नै फर्कने भएका छन् ।

जितपछि शीर्ष स्थानको लिभरपुलले म्यानचेष्टर सिटी, आर्सनल र एस्टन भिल्लामाथि पाँच अंकको अग्रता बनाएको छ । २१ खेलबाट लिभरपुलले ४८ अंक जोडेको छ ।

सिटीको २० खेलबाट तथा आर्सनल र एस्टन भिल्लाको २१ खेलबाट समान ४३ अंक छ ।

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय