८ माघ, काठमाडौं । मधेश प्रदेशका युवा ब्याटर मयन यादव र पवन सर्राफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले ३९ ओभरमा २ विकेट गुमाउँदै २१८ रन बनाएकोछ ।
मयन यादव १०५ बलमा ५ चौका र २ छक्कासहित ७६ रनमा क्रिजमा छन् । पवन सरार्फ ४८ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा क्रिजमा छन् ।
यसअघि मधेशका ओपनर अनिल शाह ७० बलमा ६ चौका र २ छक्कासहित ६९ रनमा आउट भएका थिए ।
कप्तान हरिशंकर साह १२ बलमा ३ चौकासहित १४ रनमा आउट भए । सुदूर तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । मधेश ५ खेलमा ३ मा जित र ६ मा हारका साथ चौथो स्थानमा छ ।
प्रतिक्रिया 4