+

मयनको शतकमा मधेशले सुदूरलाई दियो ३२० रनको विशाल लक्ष्य

२०८० माघ  ८ गते १२:५५ २०८० माघ ८ गते १२:५५
मयनको शतकमा मधेशले सुदूरलाई दियो ३२० रनको विशाल लक्ष्य

८ माघ, काठमाडौं । युवा ब्याटर मयन यादवको शतक, अनिल साह र पवन  सर्राफको अर्धशतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ३२० रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनायो ।

मधेशका मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेले । उनी शेर मल्लको ४८ औं ओभरको पहिलो बलमा डिप मिडविकेटमा किरण ठगुन्नाबाट क्याच आउट भए । मयनको यो करिअरको पहिलो शतक हो ।

ब्यक्तिगत ५० रनमा टेक रावत र ५१ रनमा विकाश आग्रीले क्याच छाड्दै शतक यात्रा सहज बनाइदिएका थिए ।

मधेशका अनिल साह र पवन सरार्फले पनि उत्कृष्ट ब्याटिङ गरे । तर शतकमा परिणत गर्न सकेनन् । पवन सरार्फ ६३ बलमा ४ चौका र ४ छक्कासहित ७० रनमा आउट भए । ओपनर अनिल साह ७० बलमा ६ चौका र २ छक्कासहित ६९ रनमा आउट भएका थिए ।

ओपनर हरिशंकर साहलाई नारायण जोशीले १२ रनमा बोल्ड आउट गरेका थिए । त्यो समय मधेश १८–१ को अवस्थामा छ ।

दोस्रो विकेटका लागि अनिल र मयनले १०६ रनको शतकीय साझेदारी गरे । त्यसपछि पवन र मयनले १२७ रनको साझेदारी गरेपछि विशाल योगफलको आधार तय गरेका थिए ।

रुपेश सिंह २१, अभिषेक तिवारी १६, राहुल मण्डल र निरज यादवले १-१ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले १० ओभरमा ६५ रन खर्चेर ४ विकेट लिए । विकाश आग्रीले २, नारायण जोशी र गजेन्द्र बोहराले १-१ विकेट लिए ।

पवन सर्राफ प्रधानमन्त्री कप क्रिकेट मयन यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय