+
+

लण्डनको कार्यक्रमलाई लिएर चलचित्र विकास बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १४:३४
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी (फाइल तस्वीर)

काठमाडौं । लण्डनमा आयोजना हुन लागेको कार्यक्रममा चलचित्र विकास बोर्डको सहभागिता रोक्न निर्देशनको माग गर्दै सदस्य केएल बुढाथोकीले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिए ।

उक्त कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसी र अन्य पदाधिकारीको सहभागिता रोक्न उनले माग गरेका छन् । यो उजुरीउपर मन्त्रालयले विकास बोर्डलाई आइतबार पत्र लेख्दै यसबारे भएको के हो खुलाएर जवाफ दिन भनेको छ ।

मन्त्रालयका सहप्रवक्ता तथा बोर्डका पूर्वसदस्य-सचिव विशाल सापकोटाका अनुसार मन्त्रालयले यसबारे स्पष्ट पारिदिनु भन्दै बोर्डलाई पत्र लेखेको हो । मन्त्रालयको पत्रको जवाफ अब बोर्डले दिनुपर्नेछ । ‘अब उहाँहरु (बोर्ड)ले छलफल गरेर जवाफ दिनुहुनेछ,’ सापकोटाले भने ।

बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।

आयोजक डेल्फिक काउन्सिलले भने बोर्डका प्रवक्ता बुढाथोकीको आरोपको खण्डन गरेको छ ।

यसैबीच, सापकोटाको ठाउँमा चलचित्र विकास बोर्डको नयाँ सदस्य सचिवमा राजेशकुमार थापा नियुक्त भएका छन् । उनी यसअघि कानुन मन्त्रालयका उपसचिव थिए । उनले सोमबारबाट बोर्डको कार्यभार सम्हालेका छन् । उनले भर्खर आएकाले यसबारे एक-दुई दिनमा बोर्डको बैठक बसी यसबारे छलफल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?