+
+

मधेशमा चैत पहिलो साताभित्र जिल्ला अधिवेशन सक्ने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १६:४०

८ माघ, काठमाडौं । नेकपा एमालेको मधेश प्रदेश कमिटीले आगामी चैत पहिलो साताभित्र सबै जिल्लाको अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।

जनकपुरमा बसेको प्रदेश कमिटीका पदाधिकारी बैठकले महोत्तरी, रौतहट, पर्सा र बारा जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ ।

प्रदेश कमिटी सचिव मनोज पौडेलका अनुसार, २२–२३ माघमा महोत्तरी, २५–२६ माघमा रौतहट, २८–२९ माघमा पर्सा र १२–१३ फागुनमा बारामा जिल्ला अधिवेशन हुनेछ ।

सर्लाही, धनुषा, सिरहा र सप्तरीमा पनि चैतभित्र महाधिवेशन गरिसक्ने निर्णय गरेको सचिव पौडेलले बताए । बैठकले प्रदेश अधिवेशनका बेला पार्टी केन्द्रले प्रमाणीकरण गरेको सदस्यहरुबाटै जिल्ला अधिवेशन गर्ने पनि निर्णय गरेको छ ।

बैठकले जिल्ला प्रतिनिधि परिषद बैठकहरुको मिति समेत तोकेको छ । १८ माघमा रौतहट, २० माघमा बारा, २१ माघमा पर्सा, ५ फागुनमा सर्लाही र सिरहाको परिषद् बैठक बस्नेछ । ७ फागुनमा धनुषा र सप्तरीको परिषद् बैठक बस्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?