+
+

चिकित्सक संघले भन्यो : पक्राउ परेका भट्टाचार्य हाम्रो सदस्य होइनन्

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १६:५२
सम्बुद्ध भट्टाचार्य

८ माघ, काठमाडौं । नेपाल चिकित्सक संघले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा डाक्टर बनेको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टाचार्य आफ्नो सदस्य नरहेको स्पष्ट पारेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको थियो ।

‘नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौ‌ंको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राऊ परेको र निज नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएकोप्रति यस संघको ध्यानाकर्षण भएको छ,’ संघका महासचिव डा. सञ्जिव तिवारीले विज्ञप्ति निकालेर भनेका छन्, ‘चिकित्सक नभई नक्कली परिचय पत्र बनाएर परिचय पत्रको दुरुपयोग गर्दै सयौंको शंख्यामा उपचारमा संलग्न भएका निजलाई कानुन बमोजिमको कारवाहीको लागि अघि बढाउन यस संघ जोडदार माग गर्दछ ।’

धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ परेका उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?