+
+

‘वैकल्पिक हेरचाह युवा सञ्जाल’ गठन, अध्यक्षमा मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १५:४६

९ माघ, भक्तपुर । वाल्यकालमा अभिभावकविहीन भई वैकल्पिक हेरचाहमा हुर्किएका युवाहरुको हक, हित र नीतिगत पैरवीका लागि राष्ट्रिय युवा परिषद अन्तर्गत ‘वैकल्पिक हेरचाह युवा सञ्जाल’ गठन भएको छ ।

सोमबार परिषद परिसरमा आयोजित भेलाबाट विनायक मानन्धरको अध्यक्षतामा १७ सदस्यीय सञ्जाल गठन भएको हो । सञ्जाल परिषदको खुकुलो संरचनाका रुपमा रहने मानन्धरले बताए ।

परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सञ्जालले अभिभावक विहीनताका कारण वैकल्पिक स्याहारमा हुर्किएर युवा अवस्थामा प्रवेश गरेकाहरुको हकहितको पक्षमा पैरवी गर्ने बताए ।

नवगठित सञ्जालका अध्यक्ष मानन्धरले वैकल्पिक स्याहारमा हुर्किएका युवाले अनेक सामाजिक, प्रशासनिक र नीतिगत झमेला बेहोर्नुपरेकाले युवा परिषदसँग हातेमालो गर्न अग्रसर भएको बताए ।

कार्यक्रममा बालसुधार गृह सञ्जालका महासचिव रविन नेपाली, एसओएस बालग्रामका श्रीराम बजगाई र राजेन्द्र श्रेष्ठ, परिषदका प्रशासकीय प्रमुख दिनेश घिमिरे लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?