+
+

तमसुक दर्ता नगरेको भन्दै साहुहरुले गरे वडा कार्यालयमा तालाबन्दी, सडक बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १४:१०

१० माघ, जनकपुरधाम । वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका-२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपछि हिजोआज मधेशका धेरै जिल्लाका वडा कार्यालयमा भिड बढेको छ ।

तर वडाध्यक्ष दरेश यादवले आफूहरुको तमसुक दर्ता नगरिदिएको भन्दै स्थानीय साहु महाजनहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।  महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले स्थानीय २३  जना साहुबाट ऋण लिएका छन् ।

उनी आफ्नो भाइ भएका कारण वडाध्यक्ष दरेश यादवले कपाली तमसुक दर्ता गर्न नमानेको र लिएको ऋण फिर्ता नगर्न खोजेको भन्दै साहुहरुले तालबान्दी गरेका हुन् । उनीहरुले औरहीमा जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

ऋणी जगदिशले भने जिल्ला प्रशासन कार्यालयमा साहुहरु विरुद्ध मिटरब्याजमा ऋण दिएको भन्दै उजुरी गरेका छन् । तर, सावाँ रकम पनि फर्काउन नमानेको साहुहरुको भनाइ छ ।

साहुहरुले मंगलबार नगरपालिका कार्यालयमा समेत कपाली तमसुक दर्ता गरी पाउँ भन्दै निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?