+

यू-१९ विश्वकप : नेपालका प्रमुख पाँच ब्याटर पेभेलिएन फर्किए

२०८० माघ  १० गते १५:५९ २०८० माघ १० गते १५:५९
यू-१९ विश्वकप : नेपालका प्रमुख पाँच ब्याटर पेभेलिएन फर्किए

१० माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध आफ्ना शीर्ष पाँच विकेट गुमाएको छ ।

बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २७ ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको छ । विपिन रावल ६८ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

नेपालको सिनियर टोलीबाट खेली सकेका गुलशन झा ४ रनमा क्रिजमा छन् ।

ओपनर अर्जुन कुमाल अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भएका थिए । त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच हुँदै पेभेलिएन फर्किए ।

कप्तान देव खनाल र विपिन रावलले तेस्रो विकेटका लागि ६२ बलमा ३७ रनको साझेदारी गरेका थिए । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रनमा आउट भएका हुन् । स्पिनर अली असफन्डलाई १८ औं ओभरको पहिलो बलमा लङअनमा सट खेल्ने धुनमा मिडअनमा उबेद साहबाट क्याच आउट भएका थिए ।

उत्तमथापा मगर स्पिनर अफरत मिन्हासको बलमा एज लागेर ४ रनमा क्याच आउट भएपछि नेपाल २१ ओभरमा ८५–४ को अवस्थामा पुगेको थियो ।

यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय