११ माघ, काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनायो ।
बागमतीका ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन बनाए ।
कप्तान रित गौतम ६१ बलमा ९ चौकासहित ४४, ईशान पाण्डे २, रविन जोशी २४, अशोक पौडेल ३१, विपिन आचार्य १२, सुर्य तामाङ ९ र प्रतिश जि.सी १७ रनमा आउट भए ।
सोनु देवकोटा २० बलमा २ चौका र २ छक्कासहित २८ रनमा नट आउट रहे ।
सुदूरका शेर मल्लले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा ६८ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।
प्रतिक्रिया 4