+

गण्डकीका बलर कृष्णले एकै खेलमा खर्चिए ११७ रन

२०८० माघ  ११ गते १३:२३ २०८० माघ ११ गते १३:२३
गण्डकीका बलर कृष्णले एकै खेलमा खर्चिए ११७ रन

११ माघ, काठमाडौं । गण्डकी प्रदेशका तीव्र गतिका बलर कृष्ण पौडेलले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध बलिङमा १०० रन खाएका छन् । पीएमकप इतिहासकै खराब बलिङ गर्दै उनी एकै खेलमा १००  भन्दा बढी रन खर्चिने पहिलो बलर बनेका छन् ।

कृष्णले १० ओभरमा १ सय १७ रन खर्चेर १ विकेट लिए । उनले सुरुवाती ८ ओभरमा उनले ७४ रन खर्चेका थिए । ४८ औं ओभरमा तीन चौका, चार वाइड र एक छक्कासहित कुल २३ रन खर्चेका थिए । अन्तिम ओभरमा दुई चौका र १ छक्कासहित कुल २० रन खर्चेका थिए ।

यसअघि पीएमकपमा एकै खेलमा सर्वाधिक रन बागमतीका सूर्य तामाङ र सुदूरपश्चिमका नारायण जोशीले समान ९१ खर्चेका थिए । सूर्यले २०१९ मा आर्मीविरुद्ध तथा नारायणले यसै प्रतियोगितामा मधेशविरुद्ध त्रिवि क्रिकेट मैदानमा उक्त रन दिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३५ रन बनाएको थियो । मधेशका अनिल साहले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको सानदार शतकीय इनिङ खेले ।

कृष्ण पौडेल गण्डकी प्रधानमन्त्री कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय