+

कराते टोली जर्मनी प्रस्थान

२०८० माघ  ११ गते १३:३६ २०८० माघ ११ गते १३:३६
कराते टोली जर्मनी प्रस्थान

११ माघ, काठमाडौँ । ड्रेस्डेन ओपन कराते च्याम्पियनसीप २०२४ मा सहभागी हुन बिहीबार कराँते टोली जर्मनी प्रस्थान गरेको छ ।

च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय टोली जर्मनी प्रस्थान गरेको हो ।
उक्त प्रतियोगिता शनिबार सुरु हुनेछ ।

सो प्रतियोगतामा च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका सायाङ लामाले ३६ केजी तौलसमूहअन्तर्गत कुमुते स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकाको भुमिकामा डिगम्वर प्रसाद पन्त छन् ।

नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रममा सहभगी टोलीका सदस्यहहरुलाई ज्याकेट वितरण गरी विदाई गरेका छन् ।

सोही कार्यक्रममा अध्यक्ष गुरुङ र एकेडेमीकी कार्यकारी प्रमुख लामाले सातौं दक्षिण एसियाली कराते प्रतियोगिता अन्तर्गत यू-२१, ६७ केजी मुनिको तौल समूहमा नेपाललाई रजत पदक दिलाउने च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका अनील बरामलाई एक थान ज्याकेट र सम्मान पत्रले सम्मान गरियो ।

कराते टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय