
११ माघ, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा ९३ प्रदेश सांसदले मतदान गरेका छन् । राष्ट्रिय सभाका दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भोट हाल्न विराटनगर आएनन् । राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आए पनि मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बुधबार बेलुका नै बेहोस भएकाले मतदानमा सहभागी भएनन् । झापा गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण मतदान गर्न पाएनन् ।
अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बनेको छ ।
सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ । केही मत क्रस गराएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा एमाले-राप्रपा गठबन्धन छ । सत्ता गठबन्धन भने मत क्रस हुन नदिने प्रयासमा छ ।
प्रतिक्रिया 4