+
+
राष्ट्रियसभा निर्वाचन :

कोशीमा फ्लोर क्रस, प्रदेशसभामा माओवादी भन्दा एमाले उम्मेदवारको भोट बढी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १६:२८

११ माघ, विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा भोट क्रस भएको खुलेको छ । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा एमाले उम्मेदवार रुक्मिणी कोइरालाले ४९ मत पाएकी छन् ।

सत्ता गठबन्धनको समर्थन पाएकी माओवादी उम्मेदवार चम्पा कार्कीले ४४ मत पाएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।  राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । तर एमाले उम्मेदवारले ४९ मत पाएकाले सत्ता गठबन्धनको ३ मत उनले पाएको खुलेको छ ।

प्रदेशसभामा सत्ता गठबन्धनको ४७ मत रहेकामा माओवादी केन्द्रकी उम्मेदवार कार्कीले ४४ मत मात्र पाएकी छन् ।

यद्यपि स्थानीय तहका प्रमुख र उपप्रमुखको मत भने गन्न बाँकी नै छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ छ । यस अनुसार एमाले उम्मेदवार कोइरालाले २५९७ मतभार पाएकी छन् भने माओवादी उम्मेदवार कार्कीले २३३२ मतभार पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?