+
+

अर्थमन्त्री महतले तारकेश्वरमा शिव पुराण उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १७:४६
फाइल तस्वीर

११ माघ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण आयोजना गर्ने भएको छ।

नगरपालिकाले ११ देखि २३ माघसम्म वडा नम्बर ३ पाँचमानेमा रहेको तारकेश्वर महादेव मन्दिरमा शिवपुराण आयोजना गर्न लागेको मेयर कृष्णहरि महर्जनले जानकारी दिए ।

नगरपालिकाका अनुसार वाचक गुरु नारायण चतुर्व्युहले शिवपुराणमा कथा वाचन गर्नेछन् ।

११ माघ बिहान ११ बजे शोभा कलश यात्रा, सोही दिन पूर्वाङ्ग, दिउँसो ३ बजे शिवपुराण उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नेछन् ।

यसैगरी २२ माघमा लक्ष्यबत्ती दीप प्रज्वलन र कार्यक्रम समापन २३ माघ दिउँसो ३ देखि ५ बजेसम्म हुनेछ ।

शिवपुरी पहाडको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मालम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो।

तारकेश्वर नगरपालिकामा पौराणिक तारकेश्वर महादेव मन्दिर, गुह्येश्वरी, मनमैजु, धर्मस्थली, जयन्तीपुर भुवनेश्वरी, शान्तिधाम बालकुमारी मन्दिर, सिद्धेश्वर, सिम्लेश्वरलगायत तीर्थस्थल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?