+
+

शैक्षिक प्रमाणपत्रका लागि अनलाइन आवेदन दिने तरिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १९:०५

११ माघ, काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइन मार्फत शैक्षिक प्रमाण पत्र आवेदन दिने तरिका सार्वजनिक गरेको छ ।

त्रिविले विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, प्रतिलिपि लगायतका शैक्षिक प्रमाणपत्रको लागि माघ १५ गतेदेखि कसरी अनलाइन आवेदन दिने तयारी गरेको छ ।

प्रक्रिया पुर्‍याएर आवेदन दिएको विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत विद्यार्थीलाई जानकारी दिइने र सो अनुसार फेरि आवेदन दिनुपर्ने पनिका बल्खुले जनाएको छ ।

आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिने र प्रमाणपत्र संकलन गर्दा स्वयं विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने बल्खुले सूचनामा उल्लेख गरेको छ ।

नाम, थर आदि सच्चाउने प्रकृयाको लागि आवश्यक कागजातहरु बल्खु वा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्नेछ ।

यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो ।

हेर्नुहोस् परीक्षा नियन्त्रण कार्यालय बल्खुको पत्र : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?