+

कमिन्सलाई आईसीसी वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड, कोहलीलाई ओडीआई उत्कृष्ट

२०८० माघ  ११ गते १९:२९ २०८० माघ ११ गते १९:२९
कमिन्सलाई आईसीसी वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड, कोहलीलाई ओडीआई उत्कृष्ट

११ माघ, काठमाडौं । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वाधिक ठूला अवार्ड सर गर्फिल्ड सोबर्स ट्रफी फर द क्रिकेटर अफ द इयर पुरुष २०२३ को अवार्ड कमिन्सले जितेको जनाएको छ । उनले ट्रविस हेड, भारतका विराट कोहली र रविन्द्र जडेजालाई पछि पार्दै उक्त अवार्ड जितेका छन् ।

गत नोभेम्बरमा अपराजित भारतलाई फाइनलमा ६ विकेटले हराउँदै एकदिवसीय विश्वकप उपाधि जित्न कमिन्सले शानदार कप्तानी र प्रदर्शन गरेका थिए ।

त्यस्तै भारतलाई नै टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा हराउन र प्रतिष्ठित एसेज ट्रफी रक्षा गर्न उनले शानदार प्रदर्शन गरेका थिए ।

भारतका विराट कोहलीले ओडीआई वर्ष खेलाडीको अवार्ड जिते । कोहलीले विश्वकप २०२३ मा शानदार प्रदर्शन गरेका थिए ।

उनले विश्वकपमा मात्रै ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित कुल ७६५ रन बनाएका थिए । कोहली विश्वकपको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

एसोसिएट वर्ष उत्कृष्ट खेलाडीको अवार्ड नेदरल्यान्ड्सका बास डि लिडेले जितेका थिए ।

नेदरल्यान्डलाई विश्वकपमा पुर्याउन ग्लोबल छनोटमा उनले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए ।

यसवर्ष नेपालबाट आईसीसीको कसैले पनि जित्न सकेनन् । गत वर्ष भने आसिफ शेखले स्प्रिट अफ द इयरको अवार्ड जितेका थिए ।

न्युजिल्यान्डका रचिन रविन्द्रले उदीयमान वर्ष खेलाडीको अवार्ड जित्न पुगे । त्यस्तै भारतका सूर्यकुमार यादवले टी-२० वर्ष खेलाडीको अवार्ड पाएका छन् ।

आईसीसी अवार्ड प्याट कमिन्स विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय