+

आकाश एक्लैको ४ विकेटले अफगानिस्तान संकटमा

२०८० माघ  १२ गते १४:४६ २०८० माघ १२ गते १४:४६
आकाश एक्लैको ४ विकेटले अफगानिस्तान संकटमा

१२ माघ, काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग ड्रिम सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।

आकाश चन्दले ४.२ ओभरमा ८ रन खर्चेर ४  विकेट लिएका छन् । गुल्शन झा ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् ।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

त्यसपछि आकाश चन्दले थप दुई विकेट लिँदै अफगानिस्तानलाई संकटमा पुर्‍याएका छन् । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि आकाश चन्दले सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४-५ को दयनीय अवस्थामा पुर्‍याएका छन् ।

आकाश चन्द नेपाल भर्सेस अफगानिस्तान यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय