
१२ माघ, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन् । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् ।
उनलाई माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
यसपछि शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने र साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आइतबार ९ देखि ११ बजेसम्म सोल्टि होटलमा हुने एउटा कार्यक्रममा सहभागी हुने आईतबार ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ ।
आइतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया 4