+

नेपालले तेस्रो विकेट गुमायो, देवलाई जीवनदान

२०८० माघ  १२ गते १८:०८ २०८० माघ १२ गते १८:०८
नेपालले तेस्रो विकेट गुमायो, देवलाई जीवनदान

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट गुमाएको छ ।

नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बल खेलेका थिए ।

नेपालका कप्तान देव खनालले ४ रनमा ठूलो जीवनदान पाएका छन् । स्पिनर घजान्फरको आठौं ओभरको पाँचौं बलमा कट एन्ड बोल्ड हुनबाट बचेका थिए ।

खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड आउट भए । यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए ।

अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट भएका थिए ।

जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ३ विकेट गुमाउँदै २४ रन बनाएको छ । कप्तान देव खनाल ८ र आकाश त्रिपाठी क्रिजमा छन् ।

नेपाल भर्सेस अफगानिस्तान यू-१९ विश्वकप विपिन रावल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय