
काठमाडौं । गायक कृष्ण पाण्डेले ‘माया यस्तै हुँदो रहेछ’ गीत ल्याएका छन् । हस्त गौतमको शब्द र मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको गीतले प्रेमवियोगको भाव व्यक्त गर्छ ।
आशिष नेपालले निर्देशन गरेको गीतको भिडियोमा धोका दिएर हिंडेकी प्रेमिकाको सम्झनाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गायक कृष्ण स्वयंलय अभिनय गरेका छन् । भिडियोको सम्पादन र रंग संयोजन पनि कृष्णले नै गरेका हुन् ।
उनले यसअघि आज सारा बन्धन, लेकबेसी, जुनकिरी, जे जे पर्छ पर्छ लगायत सार्वजनिक गरिसकेका छन् । उनले फिल्म ‘बाह्रमासे’मा पनि स्वर दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4