+
+

पोखरा विश्वविद्यालयलाई नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको तीनबुँदे ध्यानकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १९:३९

१२ माघ, काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले गुणस्तरीय शिक्षाको लागि समय सापेक्ष पाठ्यक्रमलाई परिमार्जन गर्न ध्यानकर्षण गराएको छ ।

संघका अध्यक्ष महेन्द्र राज भुसाल सहितका पदाधिकारीले पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन डा. दया राज ढकाललाई भटेर पाठ्यक्रम परिमार्जनका लागि ध्यानकर्षण गराएका हुन् ।

पोखरा विश्वविद्यालयले सन् २००० देखि स्वास्थ्य व्यवस्थापन विषयमा स्नताक , स्नताकोत्तर तहमा जनशक्ति उत्पादन गर्दै आएको छ । तर स्वास्थ्य व्यवस्थापनमा उत्पादित जनशक्तिको व्यवस्थापनबारे सम्बन्धित निकायमा कुनै चासो नदेखाएको संघले जनाएको छ । जसका लागि विश्वविद्यालयले नै अभिभाकत्व लिइ समस्याको समधानका लागि आवश्यक पहल गर्न संघले आग्रह समेत गरेको छ ।

शिक्षाको गुणस्तर अनुगमन, मूल्यांकन गर्न र स्वास्थ्य व्यवस्थापकलाई स्थायी हुने प्रक्रिया अगाढी बढाउन लोकसेवा आयोग तथा अन्य सम्बन्धित निकायमा सहजीकरण गर्नका लागि संघले आग्रह गरेको हो ।

पोखरा विश्वविद्यालयले हालसम्म स्नातक तहमा २ हजार, पोष्ट ग्रयाजुयट तहमा ५०० र स्नातकोत्तर तहमा १ हजार जनशक्ति उत्पादन गरिसकेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थाबाट स्नताक, स्नताकोत्तर थप बार्षिक ३सय जनशक्तिको उत्पादन हुँदै आएको छ ।

स्वास्थ्य सेवा व्यवस्थापनमा उत्पादित जनशक्तिको आवश्यकता महसुस गर्दै सरकारले २०७५ सालदेखि ५० शैय्याभन्दा माथिका अस्पतालमा करारमा राख्दै आएको छ ।

संघका अध्यक्ष भुसालका अनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरु ४५ जिल्ला अस्पताल र प्रादेशिक तथा संघिय अस्पतालमा समेत कार्यरत छन् । अब सरकारले स्वास्थ्य सेवा व्यवस्थापक दरबन्दी सिर्जना गर्दै लोकसेवा मार्फत स्थायी गर्नुपर्ने संघको माग छ ।

‘हाल अस्पताल सञ्चालन चिकित्सकले नै गर्दै आएका छन् । मेडिकल डाक्टरले प्रशासन सञ्चालन सक्षम हुँदैनन्,’ भुसालले भने, ‘लोकसेवामार्फत अस्पताल व्यवस्थापकको दरबन्दी सिर्जना गरेर लोकसेवा मार्फत जनशक्तिलाई व्यवस्थित गर्दैै अस्पतालको सेवा चुस्त बनाउनुपर्छ ।’

स्वास्थ्य सेवा व्यवस्थापनमा दक्षता हासिल गरेका जनशक्ति अस्पतालको व्यवस्थापनमा रहँदा अस्पतालको सेवा गुणस्तरीय बनाउने समक्ष हुन्छन् ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?