+

लुम्बिनी १०६ रनमा अलआउट, बागमतीका सूर्य तामाङले लिए ६ विकेट

२०८० माघ  १३ गते ११:४० २०८० माघ १३ गते ११:४०
लुम्बिनी १०६ रनमा अलआउट, बागमतीका सूर्य तामाङले लिए ६ विकेट

१३ माघ, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश बागमतीसँगको खेलमा १०६ रनमै अलआउट भएको छ ।

कीर्तपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४,  विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए  भने विपिन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले एक/एक विकेट लिए ।

जारी प्रतियोगितामा ८ खेल खेलेको बागमती प्रदेश १० अंकसहित दोस्रो स्थानमा रहेको छ भने पाँच खेल खेलेको लुम्बिनी २ अंकसहित नवौं स्थानमा रहेको छ ।

नेपाली क्रिकेट प्रधानमन्त्री कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय