
काठमाडौं । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ ।
शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको छ ।
म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित गरिने भएको छ । नगद एक लाख रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गर्ने जनाइएको छ ।
बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ । भेलाले बिन्ध्यवासिनी २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ ।
प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ । म्युजिक अवार्डको १४औं संस्करण चैत १ गते आयोजना हुने जनाइएको छ ।
प्रतिक्रिया 4