+
+

‘समुदायमा कांग्रेस’ अभियानका लागि शीर्ष नेता जिल्ला जाने (सूची सहित)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १२:२३

१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि शीर्ष नेताहरुलाई प्रदेशगत खटाएको छ ।

समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी शीर्ष तहका नेतालाई जिल्ला तोकिएको छ ।

फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

जिल्ला कार्यसमितिले तय गरेको समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलमा नेताहरु सहभागी हुनेछन् ।

१६ गतेदेखि २६ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अवधिभर नेताहरु तोकिएको जिल्लामा रहने छन् ।

शीर्ष नेताहरुलाई तोकिएको जिल्लाः

कोशी प्रदेश

१) डा. शेखर कोइराला – झापा र सुनसरी

२) डा. नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा ।

३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर ।

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला

१) प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको
सिन्धुली र मकवानपुर ।

२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही । वागमतीको धादिङ र चितवन ।
बागमती प्रदेश

१) डा. मिनेन्द्र रिजाल– काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।

२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।

गण्डकी प्रदेश

१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर ।

२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ ।

लुम्बिनी प्रदेश

१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा ।

२) डा. डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी ।

कर्णाली प्रदेश

१) डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत ।

सुदुरपश्चिम प्रदेश

१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।

केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान नराखिएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?