+
+

शहीद दिवसमा अर्को साल सार्वजनिक बिदा, यसपालि छैन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १३:५४

१४ माघ, काठमाडौं । सरकारले यो वर्ष पनि शहीद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ । शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधेपछि गृह मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको हो ।

विगतका वर्षमा शहीद दिवसमा सार्वजनिक बिदा नदिने गरिए पनि सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसकेको छ ।

मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिइएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ । तर, अर्को वर्ष भने बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।’

उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत खुल्ने र सेवा प्रवाह हुनेछ ।

‘अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,’ उनले भने, ‘तर, यसपालिलाई पनि बिदा दिइएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?