+
+

हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १५:१३

१४ माघ, नेपालगञ्ज ।  शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो ।

बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान सुरु भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगञ्जबाट  उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?