
१४ माघ, काठमाडौं । युवा कलाकार सुवास आचार्य ‘आगमन’ को सप्ताहव्यापी ‘ विवण्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी यही माघ ११ गते हेलाई आर्ट ग्यालरी उस्टर, स्विट्जरल्याण्डमा सुरू भएको छ ।
हिमचुली एसोसिएसन तथा नेपाल स्वीस चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको प्रदर्शनीमा अध्यात्म तथा पूर्वीय चिन्तन परम्परासँग सम्बन्धित एक्रेलिक तथा तैल रङद्वारा सिर्जित १९ चित्रहरु रहेका छन् ।
कला प्रदर्शनीका साथमा कलाकार आचार्यले उस्टर र जुरिकमा नेपाली कलाका बारेमा कार्यपत्र प्रस्तुति तथा कार्यशाला संचालन गर्ने कार्यक्रम रहेको छ ।
कोरोना महामारीको समयमा गाउँमा सिर्जना गरेको आफ्नो कलालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्न पाउनु आफ्नो लागि गर्वको विषय रहेको धारणा कलाकार आचार्यले व्यक्त गरेका छन् । प्रदर्शनी माघ १९ गतेसम्म रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4