+

नेपालका शरद र बसन्तलाई भारतमा भएको स्केटबोर्डमा स्वर्ण

२०८० माघ  १५ गते २०:०० २०८० माघ १५ गते २०:००
नेपालका शरद र बसन्तलाई भारतमा भएको स्केटबोर्डमा स्वर्ण

१५ माघ, काठमाडौं । नेपालका शरद राई र बसन्त राईले भारतमा भएको जुगाड खुला स्केटबोर्ड च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

भारतको बैंगालुरुमा भएको प्रतियोगितामा शरद्ले गेम अफ स्केट तथा बसन्तले वेस्ट रनमा स्वर्ण जितेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । बसन्तले दोहारो पदक जित्ने क्रममा गेम अफ स्केटमा पनि रजत जिते ।

नेपालकै गजेन्द्र वर्देवा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएको अध्यक्ष खनालले जानकारी गराए ।

भारतीय स्केटबोर्ड महासंघले आयोजना गरेको तीनदिने प्रतियोगितामा तीनै खेलाडीले नगद पुरस्कारसहित स्केट सामाग्री पुरस्कार स्वरुप प्राप्त गरे ।

शरद राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय