+

चन्दनले डेब्यू खेलमै ५ विकेट लिएपछि सुदूरपश्चिम ८७ रनमा अल आउट

२०८० माघ  १६ गते १०:५१ २०८० माघ १६ गते १०:५१
चन्दनले डेब्यू खेलमै ५ विकेट लिएपछि सुदूरपश्चिम ८७ रनमा अल आउट

१६ माघ, काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा तीव्र गतिका बलर चन्दन रामको उत्कृष्ट बलिङमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८७ रनमै अलआउट गरेको छ ।

चन्दनले कसिलो बलिङ गरेपिछि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा ८७ रनमा अल आउट भयो ।

सुदूरका नारायण जोशी २५ बलमा ३ चौका र ३ छक्कासहित ३१ रनमा नट आउट रहे । आफ्नो करिअरकै पहिलो राष्ट्रिय स्तरको खेल खेलेका चन्दले सुदूरको शीर्ष र मध्यक्रम ध्वस्त पारेका थिए ।

उनले ओपनर टेक रावतलाई शून्य, नरेन भट्टलाई १, मिलन बोहरालाई ८ रनमा बोल्ड आउट गरे । खड्क बोहरालाई २४ रनमा आउट गराए ।

कप्तान राजु रिजाललाई ५ रनमा एलबीडब्लू आउट गरेका थिए । सुदूरका शीर्ष पाँच ब्याटर सबै चन्दनको बलमा आउट भएका थिए ।

त्यसपछि भुवन कार्की र रोहित पौडेलले विकेट लिँदै सस्तैमा अल आउट गरेका हुन् । शेर मल्ल ५, नरेन साउद, दीपक चन्द र भोजराज भट्टले खाता खोल्न सकेनन् ।

एपीएफले चन्दनलाई पुरन बिकको स्थानमा आज डेब्यू दिएको थियो । चन्दन रामले ७ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए ।

भुवन कार्कीले ६.२ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए । राहित पौडेलले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

चन्दन राम प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय