
१६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा क्यान्सर रोगका बिरामी र तिनका कुरुवा गरी ७ सय ७० जनालाई टिकट सुविधा उपलब्ध गराएको छ ।
नेवानिले नेपालबाट भारतमा उपचार गर्न जाने क्यान्सर बिरामीलाई निःशुल्क टिकट दिँदै आएको छ । बिरामी कुरुवालाई आंशिक छुटमा टिकट दिने गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सन् २०२३ मा उक्त संख्यामा टिकट सुविधा दिइएको नेवानिले जनाएको छ ।
निगमले सरकारको निर्णयअनुसार ज्येष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिलाई समेत टिकटमा ५० प्रतिशतका दरले छुट दिँदै आएको छ ।
नेवानि २०२३ मा सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्घटनाका घाइतेको उद्धार, भूकम्प पीडितको उद्धार, इजरायलबाट नेपालीको उद्धारजस्ता गतिविधि गरिएको जनाएको छ ।
बाढीपिडितको उद्धारका लागि नेपालगन्ज–धनगढी–डोटी–धनगढी–नेपालगन्ज उद्धार समेत यसमा समेटिएको छ ।
प्रतिक्रिया 4