+
+

रास्वपाले बोलायो संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ११:१२
रास्वपा संसदीय दलका नेता रवि लामिछाने ।

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ ।

संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ । अघिल्लो संसद बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?