+
+

न्यायाधीश मरासेनीको निधनमा शोक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १३:२०

१७ माघ, काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ ।

आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो ।

हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । जहाँ उपचारका क्रममा उनको निधन भएको थियो । उनको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?