+

१३औं अन्तर्राष्ट्रिय बगर भाइखलक भेट्रान फुटबल माघ २१ गतेदेखि

२०८० माघ  १८ गते १३:२२ २०८० माघ १८ गते १३:२२
१३औं अन्तर्राष्ट्रिय बगर भाइखलक भेट्रान फुटबल माघ २१ गतेदेखि

१८ माघ, पोखरा । बगर भाइ खलकले बर्सेनि आयोजना गर्दै आएको ‘अन्तर्राष्ट्रिय बगर भाइखलक भेट्रान फुटबल प्रतियोगिता’को १३ औं संस्करण माघ २१ गतेदेखि हुने भएको छ ।माघ २७ गतेसम्म चल्ने उक्त प्रतियोगितामा भारतका २ सहित ३६ टिम सहभागी हुने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

२०२८ देखि पोखराको टुँडिखेल मैदानमा निरन्तर हुँदै आएको प्रतियोगितामा यसपटक ४०, ५० र ६० वर्षमाथि उमेर समूहमा खेल हुने गुरुङले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि सहभागी हुँदैछन् ।

मनाङे ५० वर्षमाथिको उमेर समूहमा कैलाली जिल्लाको टिमबाट सहभागी हुन लागेका हुन् । ‘माननीयज्युले सुरुमा ठमेलको टिम ल्याउने भन्नुभएको थियो । तर, ठमेलमा ५० वर्षमाथिको उमेर समूहको टिम नपुगेपछि उहाँ कैलालीको टिमबाट आउनुहुने भएको हो,’ गुरुङले भने ।

प्रतियोगितामा भारतको २ टिमसहित, कास्की, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागी हुने बगर भाइ खलकका महासचिव यामबहादुर गुरुङले जानकारी दिए ।

४० वर्षमाथि उमेर समूहमा २३ टिम, ५० वर्षमाथिको उमेर समूहमा ९ टिम र ६० उमेर समूहभन्दा माथि४ टिम सहभागी हुने आयोजकले जनाएको छ । ‘यसलाई हामीले प्रतियोगिताभन्दा पनि हाम्रो स्वास्थ्यसँग जोडेका छौं । कुनैबेला ४० वर्षमाथि पनि फुटबल खेल्छन् र ? भन्ने थियो । तर, अहिले हामीले त्यसलाई बदल्न सकेका छौं,’ गुरुङले भने ।

प्रतियोगितामा ४० वर्षमाथि उमेर समूहको विजेताले २ लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहमा विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने ६० वर्ष उमेर समूहमाथिका विजेताले ५० र उपविजेताले ३० लाख रुपैयाँ पाउनेछन् ।

शम्भु केसीलाई सम्मान गरिने

प्रतियोगिताको अवसरमा संस्थाले राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक शम्भु केसीलाई सम्मान गर्ने भएको छ । केसी हाल वरिष्ठ फुटबल प्रशिक्षक हुन् ।

फुटबल खेल विकासमा विशेष योगदान दिएवापत हरेक वर्ष संस्थाले एकजनालाई सम्मान गर्दै आरहेको छ । संस्थाले २०६८ देखि फुटबलको विकासमा योगदान दिएकाहरुलाई २०६८ देखि सम्मान गर्न थालेको हो ।

बगर भाइखलक भेट्रान फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय