+

प्रधानमन्त्री कप क्रिकेटमा अपराजित पुलिसले सुदूरपश्चिम प्रदेशलाई हरायो

२०८० माघ  १८ गते १७:२७ २०८० माघ १८ गते १७:२७
प्रधानमन्त्री कप क्रिकेटमा अपराजित पुलिसले सुदूरपश्चिम प्रदेशलाई हरायो

१८ माघ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहेको नेपाल पुलिस क्लबले लिगको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

लिग चरणमा शतप्रतिशत जित निकालेको पुलिसले सुदूर पश्चिमलाई ७८ रनको फराकिलो अन्तरले हरायो । सुदूर पश्चिमलाई जिताउन दीपेन्द्रसिंह ऐरी एक्लैले ७ विकेट लिए ।

मूलपानीमा जितका लागि १९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७.३ ओभरमा १२० रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ३० तथा किरण ठगुन्ना र नरेन साउदले समान २४ रन बनाए । नरेन नटआउट रहे ।

यसअघि मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७.५ ओभरमा १९८ रनमा अलआउट भएको थियो ।

पुलिसका लागि शंकर रानाले ४६ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए ।

सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान २ विकेट लिए ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०